कञ्चनपुरमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
धनगढी । कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–३ सिउडीबाटमा से १ ज ४१७ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले मंगलबार दिउँसो दैजीबाट जोगबुढा तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा नौ जना भाइते भएकामा एक जनाको मृत्यु भएको बताएको छ। अन्य आठ जना घाइते भएका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ वाणिकी ३३ वर्षीया धाना बोहरा, सोही ठाउँकी ४ वर्षीय कमल बोहरा, बेदकोट नगरपालिका–४ की ३० वर्षीया तारा पाल, पालका १० वर्षीय छोरा प्रिन्स पाल र तारा पालकी छोरी युबिका पाल घाइते भएका थिए। युबिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
डडेल्धुरा पर्शुराम नगरपालिका–९ का ३५ वर्षीय देबेन्द्र धामी, सोही ठाउँका २४ वर्षीय वीरेन्द्र कुँवर, वीरेन्द्रकी २१ वर्षीय श्रीमती मनिशा कुँवर र सोही ठाउँका २८ वर्षीय नरेश सार्की घाइते भएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment