ऐतिहासिक रजत विजेता सुनमाया स्वदेश फिर्ता

डिसी नेपाल
१४ असोज २०८२ २२:५१
16
Shares

काठमाडौं । ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन्। स्पेनमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक जितेकी सुनमाया आज स्वदेश फर्किएकी हुन्।

बुढालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। महासङ्घका सचिव शहदेव ब्यञ्जनकार, कोषाध्यक्ष रीकी योञ्जन, सदस्य राजमान महर्जनलगायतले बुढालाई विमानस्थलमा स्वागत गरेका थिए।

विश्व माउन्टेन रनिङ एसोसिएसनले विश्व एथलेटिक्स र इन्टरनेश्नल एसोसिएसन अफ अल्ट्रारनर्ससँग मिलेर आयोजना गरेको विश्व च्याम्पियनसिपमा सुनमायाले रजत पदक हात पारेकी थिइन्। उनले ८० किलोमिटरको महिला लङ ट्रेल रनको दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन्।

नेपाल एडभेन्चर फेडेरेसनले प्रतियोगितामा नेपालबाट बुढासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई सहभागी गराएको थियो। टोलीको व्यवस्थापकमा प्रीति खत्री रहेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *