विजयादशमीले प्रगति र समृद्धि ल्याओस्: पूर्वअध्यक्ष रेग्मी

डिसी नेपाल
१५ असोज २०८२ ७:०५
24
Shares

काठमाडौं। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजयादशमीले देश, समाज र नेपालीको व्यक्तिगत जीवनमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भनी कामना गरेका छन्।

विजया दशमी २०८२ का अवसरमा शुभकामना दिँदै उनले सामाजिक सद्भाव कायम राख्दै भड्किलो प्रतिस्पर्धाले नभई आआफ्नो गच्छेअनुसार दशैं मनाउन आग्रह गरेका छन्।

विजयादशमी नेपालीको एउटा राष्ट्रिय चाँडको रूपमा मनाइँदै आइएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले दशैं राग र द्वेषलाई बिर्सेर आपसी प्रेम सद्भाव र भ्रातृत्व बढाउने पर्वका रूपमा रहेको बताएका छन्।

“दशैं एक आपसमा शुभकामना आदानप्रदान गर्दै एकअर्काप्रति प्रेम र सद्भाव प्रकट गर्ने अवसर पनि हो। वर्तमानमा रमाउने र खुसी प्रकट गर्ने उत्सव पनि हो”, शुभकामना सन्देशमा भनिएको छ।

हालै ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षतिले सिङ्गो मुलुक स्तब्ध भएको जनाउँदै पूर्वअध्यक्ष रेग्मीले नवीन आशा र विश्वासका साथ सहज वातावरण बनाएर मुलुकलाई सही गन्तव्यतर्फ लैजानु आजको आवश्यकता भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *