दसैं मेलामा कुटाकुट : एक युवकको मृत्यु, तीन जना पक्राउ

डिसी नेपाल
१५ असोज २०८२ ९:५३
132
Shares

वीरगन्ज । वीरगन्जमा लागेको दसैं मेलामा मंगलबार राति युवाहरूबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ।

बाराको परवानीपुर गाँउपालिका-५ बहुअरी स्थायी घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका-१० मा डेरामा बस्दै आएका अन्दाजी २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान)को कुटपिटमा परी ज्यान गएको हो।

माईस्थानबाट गीता मन्दिर जाने बाटोमा मंगलबार राति ११.४५ बजेतिर मेलामा घुमिरहेका युवाहरूको दुई समूहबीच विवाद भई कुटाकुट हुँदा कानुको जिउमा बाँस लागेको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मंगलबार राति नै तीन जनालाई नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *