चट्याङ लागेर महिलाको मृत्यु

डिसी नेपाल
१५ असोज २०८२ १४:१८
608
Shares

झापा । चट्याङ लागेर झापामा एक महिलाको मृत्यु भएको छ।

आज बिहान ११ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर बिर्तामोड नगरपालिका-३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाख्रा लिन जाँदै गर्दा चट्याङले लागेर घाइते भएकी उनलाई बिर्तासिटी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनका श्रीमान्, एक छोरा र एक छोरी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *