बुरेलीखोलामा फोर्स गाडी दुर्घटना हुँदा पाँच घाइते, तीन गम्भीर

डिसी नेपाल
१६ असोज २०८२ ११:०७
20
Shares

सल्यान । सल्यानको कुमाख गाउँपालिका१ बुरेली खोलामा यात्रुवहाक फोर्स गाडी दुर्घटना भएको छ।

आज बिहान नेपालगञ्जबाट रुकुमपश्चिमको चौरजहारीको लागि छुटेको ६७८८ नम्वरको हाईस गाडी दुर्घटना भएको हो। दुर्घटनामा पाँच जना यात्रु घाइते भएकोमा तीनको अवस्था गम्भीर रहेको प्रहरिले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा चौरजहारी नगरपालिका५ का ५० वर्षीय बुद्धि बिक, सानीभेरी गाउँपालिका१० का ३४ वर्षीय मदन खड्का र चौरजहारी नगरपालिका१४ का २२ वर्षीय दिनेश ओली छन्।

घातेहरलाई उपचारका लागि चौरजहारी अस्पतालमा ल्याइएको छ। गम्भीर अवस्थाका घाइतेहरलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भइरहेको अस्पतालका चिकित्सकले जनाएका छन्। गाडी अनियन्त्रीत भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *