प्रधानमन्त्री कार्कीद्वारा जेन्जी आन्दोलनका मृतकका परिवारलाई भेट
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका शहीद परिवारलाई भेट गरेकी छन्।
प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्।
यसका साथै उनले नागर्जुन ३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेट्ने सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दशैंमा टीका नलगाउने बताइसकेकी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment