रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु

डिसी नेपाल
१७ असोज २०८२ १०:०७
112
Shares

रामेछाप। रामेछाप नगरपालिका-७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका-४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पुर्‍याइएका घिसिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *