पानीको खाडलमा डुबेर बालकको मृत्यु
धनगढी । कञ्चनपुरमा पानीको खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्लको भीमदत्त नगरपालिका–१० तिल्केनीका शंकर गिरीका १२ वर्षीय छोरा अनमोलको पानीको खाडलमा डुबेर मृत्यु भएको हो।
नेपाल प्रहरीले सोही ठाउँको खाडलमा उनको शनिवार डुबेर मृत्यु भएको बताएको छ। प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment