चट्याङ लागेर दुई जनाको मृत्यु
चन्द्रपुर (रौतहट) । यहाँका कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
आज साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो।
प्रहरी नायब उपरिक्षक राजु कार्कीले मृतक दुवैको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment