इलाममा बाढीपहिरो : हेलिकप्टर अवतरणमा समस्या

डिसी नेपाल
१९ असोज २०८२ १३:३५
16
Shares

विराटनगर । इलाममा बाढीपहिरोका कारण घाइतेहरूलाई उद्धारका लागि पठाइएको नेपाली सेनाको हेलिकप्टरले प्रतिकूल मौसमका कारण अवतरण गर्न नसक्दा उद्धार कार्यमा चुनौती थपिएको छ।

माङसेबुङ–१, गजुरमुखीबाट घाइते लिएर धरानस्थित घोपा क्याम्पतर्फ गइरहेको हेलिकप्टर खराब मौसमका कारण अवतरण गर्न असफल भएको हो।

विराटनगरको नोबेल अस्पतालमा ल्याण्ड गर्ने प्रयास पनि असफल भएपछि हेलिकप्टरलाई इटहरी फर्काएर सुरक्षित अवतरण गरिएको छ।

हाल इटहरीमै घाइतेहरूको अवस्था स्थिर राखिएको र मौसम सुधार भएपछि पुनः धरानको घोपा क्याम्प लैजाने तयारी भइरहेको बताइएको छ।

नेपाली सेनाको हेलिकप्टरले पहिरो प्रभावित क्षेत्रबाट गर्भवती महिलासहित घाइतेहरुलाई उद्धार गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *