नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं

डिसी नेपाल
१९ असोज २०८२ १७:२४
52
Shares

काठमाडौं। नेपालमा हालैको लगातारको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्।

उनले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यभाव प्रकट गर्दै भारत सँधै सहयोगका लागि तयार रहेको स्पष्ट पारेका छन्।

प्रधानमन्त्री मोदीले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत एक सन्देश दिँदै भनेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति अत्यन्तै दुःखद छ। यस कठिन घडीमा हामी नेपाल सरकार र नेपाली जनताको साथमा छौं। मित्र राष्ट्र र पहिलो प्रत्युत्तरदाताको हैसियतले भारत आवश्यक सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध छ।’

नेपालका विभिन्न भागहरूमा जारी भारी वर्षाले बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् निम्त्याउँदै मानवीय तथा भौतिक क्षति पु¥याएको छ। उद्धार र राहतकार्य जारी रहेको अवस्थामा भारतले पुनः एक पटक छिमेकीको हैसियतले सहयोगको प्रस्ताव अघि सारेको हो।

यसअघि पनि भारतले नेपालमा विभिन्न विपद्को बेला उद्धार, राहत तथा पुनर्निर्माणमा सक्रिय भूमिका खेल्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *