गर्भवती महिलाको उद्धार
पर्सा । सशस्त्र प्रहरीले आइतबार एक गर्भवती महिलालाई उद्धार गरी अस्पताल पुर्याएको छ।
साँझ ६ बजेको समयमा वीरगन्ज महाननगरपालिका -११ श्रीपुरस्थित दिनेश चौरसियाको घरमा डेरा गरी बसेका पर्सा सखुवाप्रसौनी गाउँपालिका-३ स्थायी घर भएका मनोहर चौधरीकी गर्भवती पत्नी ३१ वर्षीया ऋचा चौधरीलाई सुत्केरी व्यथा लागेको थियो।
सशस्त्र प्रहरी १३ नं गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको कमान्डमा खटिएको ११ जनाको उद्धार टोलीले उनलाई उद्धार गरी वीरगन्ज हेल्थ केयर अस्पतालमा सुरक्षित साथ पुर्याएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment