विपद् जोखिम नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न गृहको पत्राचार
काठमाडौं । गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको छ।
मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले आज जारी गर्नुभएको सूचनामा विपद् जोखिम प्रतिकार्यमा संलग्न नभएका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न अनुरोध गरिएको उल्लेख छ। यही असोज १७ गतेदेखि भइरहेको वर्षाका कारण करिब तीन दर्जन जिल्ला प्रभावित भएका छन्।
ती जिल्लामा विपद् जोखिम तथा प्रतिकार्यका काम भइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment