माओवादीको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय कमिटी बैठक भंग गरेपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो सचिवालय बैठक सुरु भएको हो।
प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा विपद्पछिको अवस्था, महाधिवेशनको मिति र प्रतिनिधि छनोटलगायत विषयमा छलफल हुनेछ।
यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो । उक्त निर्णयसँगै आगामी मंसिरको अन्तिमसाताभित्र विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment