प्रधानमन्त्री र जेनजी प्रतिनिधिसँग राष्ट्रपतिले गर्ने भनिएको छलफल स्थगित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री शुशीला कार्कीसहित जेनजीका प्रतिनिधिबीच हुने भनिएको छलफल स्थगित भएको छ।
आज शीतलनिवासमा तय भएको छलफल राष्ट्रपति पौडेल अस्वस्थ भएपछि स्थगित भएको हो। अब सोमबार अपराह्न ३ बजे छलफल गर्ने तयारी छ।
जेनजीका प्रतिनिधिसँग आज छलफल गर्ने भनेपछि राष्ट्रपति कार्यालय अगाडि जेनजीहरू भेला भएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment