शान्ति सुरक्षालगायतका विषयमा जसपा नेपालले गरायो सरकारको ध्यानाकर्षण

डिसी नेपाल
२५ असोज २०८२ १४:३०
20
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले शान्ति सुरक्षालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आह्वान गरेको सर्वदलीय बैठकमा जसपा नेपालका नेता प्रकाश अधिकारीले निर्वाचनको बेला शान्ति सुरक्षाको अवस्था नाजुक हुने गरेको भन्दै फागुन २१ हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्ति सुरक्षाको हिसाबले अझ चूनौतीपूर्ण हुन सक्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

मुलुकको हालको विषम परिस्थितिमा हुन लागेको निर्वाचनमा शान्तिपूर्ण र ढुक्कका साथ जनताले मत दिन पाउँने व्यवस्थाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने उनको धारणा रहेको छ।

त्यसैगरी बैठकमा अधिकारीले सरकार र निर्वाचन आयोगको पछिल्ला क्रियाकलापले दलविहीनताको अभ्यास हुन लागेको हो कि भनि आशंका व्यक्त गरेका छन्। निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरु आयोगले दलहरुसँग सल्लाह र परामर्श विना अगाडि बढाउने गरेकोप्रति उनले असन्तुष्टि जनाए।

त्यस्तै उनले जेनजी आन्दोलनपश्चात देखिएको दण्डहिनताको अन्त्य हुनुपर्ने र सुरक्षा संयन्त्रको मनोबल उच्च हुने गरी सरकारले काम गर्नुपर्ने बताए।

सर्वदलीय बैठकमा जसपा नेपालबाट नेता प्रकाश अधिकारी र विद्युत बज्राचार्य सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *