कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न देउवालाई शशांकको आग्रह
काठमाडौं । नेपाली काग्रेसका नेता डा. शशांक कोइरालाले कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न पार्टी सभापति शेर बहादुर देउवालाई सुझाव दिएका छन्।
शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले केन्द्रीय समिति बिघटन गरेर महाधिवेशनका लागि एक जनालाई कार्यबहाक सभापति तोक्न देउवालाई सुझाव दिएका हुन्।
कार्यबहाक सभापतिले नै नियमित महाधिवशेनको मिति तय गर्नुपर्ने आफ्नो व्यक्तिगत भावना रहेको उनको भनाइ छ। उनले आगामी मंसिरमा हुने गरि पार्टीको महाधिवेशनको मिति तय हुन सक्ने उल्लेख गरे।
त्यस्तै कोइरालाले निर्वाचनका लागि कांग्रेस तयार रहेको भन्दै अन्य दलसंग पनि पार्टीले सम्वाद गर्नुपर्ने बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment