जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ।
पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आएको जसपा नेपालले कोशी प्रदेशको अधिवेशनलाई प्रदेश नं १ समितिको अधिवेशन भनेको छ।
बिराटनगरस्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको बताइएको छ। प्रदेश समितिले उद्घाटन सत्र र खुला सत्रका लागि असोज २६ र २७ गतेको कार्यतालिका बनाएको छ।
त्यसैगरी जसपा नेपालको भोलि (सोमबार) देखि मधेस प्रदेश समितिको अधिवेशन सुरु हुनेछ। जनकपुरधाममा हुन लागेको अधिवेशनको उद्घाटन अध्यक्ष उपेन्द्र यादवले गर्ने पार्टी प्रचार विभागले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment