जेनजीहरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदै छ: मन्त्री पुन

डिसी नेपाल
२६ असोज २०८२ ९:३१
36
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा नभई धेरै नोक्सान हुने भन्दै गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेन–जी पुस्तालाई आग्रह गरे ।

उनले लेखेका छन् ,‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौं भन्ने मेरो अनुरोध जेन–जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गरÞ्यो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौं।’

उनले जेनजीहरुमा देशमा सुशासन ल्याउने र भ्रष्टाचार निर्मुल पार्ने चाहना भएको भन्दै त्यो चाहाना पूरा गर्न जेनजीहरुभित्रकै एकता आवश्यक रहेको बताए । जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी भएको उनको भनाई छ ।

‘तपाईहरु भनेको एउटा निश्चित उमेरको युवाहरुको समुह हो । तपाईहरुको राजनितिक संगठन छैन। तपाईंहरुले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मुल पार्न चाहनु हुन्छ। अनि तपाईहरुले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ। यो सपना पुरा गर्नको लागि तपाईंहरुमा एकताको अत्यन्तै खाँचो देखेको छु। किन भने तपाइहरु बिचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदैछ। मातृभुमीको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहराउनु होस्।’उनले भने


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *