सर्वोच्चले असोज २८ देखि मुद्दा दर्ता र सुनुवाइ गर्ने

डिसी नेपाल
२६ असोज २०८२ १८:५५
132
Shares

काठमाडौं। सर्वोच्च अदालतले आगामी असोज २८ गतेदेखि रिट निवेदन र केही अन्य कानूनी निवेदनको दर्ता र सुनुवाइ सुरु गर्ने भएको छ।

जेन-जी आन्दोलनका क्रममा आगलागी भएपछि रोकिएको न्यायिक कार्य सर्वोच्चले क्रमशः सुरु गर्न लागेको हो। जेन-जी आन्दोलनपछि सर्वोच्चले अहिले बन्दीप्रत्यक्षीकरणको मुद्दामात्रै हेरिरहेको छ।

‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदन मिति २०८२ असोज २८ गतेदेखि दर्ता र सुनुवाइ हुनेछन्,’ सर्वोच्चका प्रवक्ता एवं सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी सूचनामा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *