गौमुल क्षेत्र सांस्कृतिक,प्राकृतिक र सामाजिक विविधताको प्रतीक होः उपाध्यक्ष थापा
बाजुरा । बाजुराको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले गौमुल क्षेत्र सांस्कृतिक, प्राकृतिक र सामाजिक विविधताको प्रतीक भएको बताएकी छन् ।
गौमुल गाउँपालिकामा रहेको गौमुल विकास समाज संस्थाको प्रथम साधारणसभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
साथै उपाध्यक्ष थापाले गौमुल विकास समाज संस्था एकता र विकासप्रतिको प्रतिबद्धताको प्रतिविम्ब भएको समेत बताएकी हुन् । यस संस्थाको संस्थागत यात्राको सुरुवात मात्र नभई, सामूहिक चेतना, एकताको प्रतिक भएको बताइन् ।
सांस्कृतिक, प्राकृतिक र सामाजिक विविधताको प्रतीक गौमुललाई हरेक क्षेत्रबाट सु–सम्पन्न बनाउन सबैले हातमा हात,साथमा साथ गरेर अगाडी बढ्नुपर्ने बताएकी हुन् ।
गौमुल हरेक सम्भावको क्षेत्र भएकोले यहाँको सम्भावनालाई अझै विश्वसामु पुर्याउन आवश्यक रहेको कुरामा उनले जोड दिइन् । यहाँको कृषि,शिक्षा,स्वास्थ्य,पशुपालन, पर्यटन, तथा वातावरणीय संरक्षण लगायत क्षेत्रमा योजनाबद्द तथा हरेक जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने गरि स्थानीय सरकारी प्रतिबद्द रहेको समेत बताइन् ।
मानव विकास, सामाजिक सशक्तीकरण र सहकार्यको भावना नै दिगो विकासको आधार भएकोले यसलाई सबैले मनन गरेर अघि बढ्नुपर्ने बताएकी हुन् । गौमुल विकास समाजलाई थप उतरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दै संस्थाको सामाजिक,आर्थिक तथा उत्तरदायी नेतृत्वद्वारा लक्ष्य हासिल गर्न आग्रह गरेकी हुन् ।







डिसी नेपाल








Facebook Comment