प्रहरीमा चर्चित भए सेनाका यी दुई कमाण्डर
काठमाडौं। भदौ २३ र २४ गतेको नरसंहारकारी प्रदर्शनका क्रममा सुरक्षा निकायहरुका बीचमा आपसी समन्वयका बारेमा धेरै धेरै प्रश्नहरु उठेका भए पनि एकअर्काका बीचमा आपसी गुनासो भएपनि नेपाल प्रहरीमा नेपाली सेनाका दुई अधिकृतबारे भने व्यापक चर्चा हुने गरेको पाइएको छ।
भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता छोडेसँगै आगजानी, तोडफोड वेहिसाव भएको थियो। रास्वपाका नेता रवि लामिछानेसहितका कैदीहरु काठमडौंका जेलहरुबाट र अन्यत्रका जेलबाट पनि खुंखार अपराधीहरु जेल तोडेर भागे।
तर, काठमाडौंको सदर खोर डिल्लीबजार र धादिङको कारागारका कैदी भाग्न सकेनन्। प्रहरी प्रधान कार्यालयमा यी दुई जेलमा सो दिन खटाइएका नेपाली सेनाका अधिकृतहरुले कसरी सम्हाले होला अवस्था? भनेर चर्चा हुने गरेको छ।
प्रहरीहरुले दुबै जेलका विभिन्न स्रोतबाट प्राप्त गरेको भिडियोसमेत हेरेर विश्लेषण गरेको अपरेशन विभागका एक अधिकृतले डिसी नेपाललाई बताए।
यस्तो अनौठो संयोगको तथ्य आयो कि डिल्लीबजारमा खटिने कर्णेल शाही पति थिए भने उनकी पत्नी रिचा सिंह धादिंगको जेल बचाउने कमाण्डर थिइन्। दुबै सैनिक अधिकृतहरु सेनाको विशेष फौजका प्रथम दम्पत्ति हुन्।
प्रहरीको अपरेशन विभागले देशभरको अवस्थाको विश्लेषण गर्ने क्रममा एउटा रमाइलो तथ्य फेला पर्याे। स्थिति सम्हाली नसक्नु भएपछि प्रहरीले सेनाको मद्दत मागेकोमा सदर खोर, डिल्लीबजार चारखाल अड्डामा उपत्यका पृतनाका कर्णेल राजेशविक्रम शाही खटिएका थिए।
उनले जेलको कम्पाउण्डमा बसेर भीड नियन्त्रणका ट्याक्टिससमेत प्रयोग गरी कैदी भगाउन आएको भीडलाई अल्मल्याएको भिडियोमा देखिएको थियो। यसरी अल्मल्याउँदा अल्मल्याउँदै भीड कम भएको र सामान्य बल प्रयोगपछि जेल तोड्न नसकेको देखिएको छ।
सबैतिरका जेलबाट कैदी भागेका भएपनि डिल्लीबजारबाट कोही पनि भाग्न पाएन। मौकाको फाइदा उठाउन खोज्ने कैदीहरु पनि कम्पाउण्डको गेट तोडेर बाहिर निस्किए पनि उनीहरु फर्काइएका थिए।
कर्णेल शाही सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति सेनामा खटिएर भीड नियन्त्रणको कार्यमा प्रसंसा पाएका व्यक्ति थिए। विद्रोहीहरुको आक्रमणबाट आफ्नो गणलाई बचाएवापत उनले संयुक्त राष्ट्र संघबाटसमेत प्रसंसा पाएको पाइएको छ।
सदरखोर डिल्लीबाजारको झैं धादिङबेसीको जेलबाट पनि एकजना कैदी पनि भाग्न सकेन। ठूलो हुलदंगा भएको धादिङको जेलमा नियन्त्रणवाहिरको परिस्थितिमा प्रहरीले सेनाको मद्दत मागेको थियो र मद्दतका लागि धादिङवेसीका सैनिक गुल्मबाट गुल्मपति रिचा सिंह स्वयं नै गएकी थिइन्।
उनले जेल व्रेक गर्न आउने हुल र भाग्न खोज्ने कैदीलाई नियन्त्रण गरिछाडिन्, कोही पनि कैदी भागेनन् बरु हुलदंगाकारी भाग्नु पर्ने अवस्था आयो। दुबैतिरको घटना विश्लेषणपछि दुबैतिरका कमाण्डरको बारेमा खोजियो प्रहरी स्रोतले भन्यो।
यस्तो अनौठो संयोगको तथ्य आयो कि डिल्लीबजारमा खटिने कर्णेल शाही पति थिए भने उनकी पत्नी रिचा सिंह धादिंगको जेल बचाउने कमाण्डर थिइन्। दुबै सैनिक अधिकृतहरु सेनाको विशेष फौजका प्रथम दम्पत्ति हुन्।







डिसी नेपाल








Facebook Comment