कांग्रेस बैठकअघि डा.कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल
काठमाडौं। पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन्।
कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गरे को स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
कांग्रेसको महाधिवेशन तालिकालाई लिएर विवाद चर्किएपछि डा.कोइरालाले सक्रियता जनाएका हुन्। केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि कोइरालाले सहजीकरण गरेका हुन्।
बैठक १ बजेका लागि तय गरिएको छ। कांग्रेसभित्र महाधिवेशन फागुन २१ को निर्वाचन अघि वा पछि गर्ने भन्ने विषयमा विवाद बढेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment