नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) बस्ने भएको हो।
दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ।
बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए। जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो।
आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment