एकीकृत समाजवादीसहितका दलसँग कात्तिक २० एकता गर्ने माओवादीको निर्णय

डिसी नेपाल
१६ कार्तिक २०८२ १२:३४
60
Shares

काठमाडाैं। नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने पार्टीसँग संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक बिषय टुंगाे लगाउने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकीकृत समाजवादी लगाएत एकतामा आउने दलहरुको संयुक्त बैठक बसेर संगठनात्मक बिषय टुङ्गो लगाउने निर्णय गरेको हो।

त्यसअघि कार्तिक १८ गते मंगलबार माओवादीको केन्द्रीय कमिटी बैठक बसेर एकताको निर्णयलाई अनुमोदन गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

सचिवालय बैठकमा पार्टी आन्तरिक संगठनात्मक बिषयका साथै समायोजन, नीतिगत बैचारिक बिषयका साथै एकतापछि नयाँ दल दर्ता गर्ने बिषयमा बढी छलफल भएको उनले बताए।

सापकोटाले अहिले देशमा ठूलो संकट देखापरेकाले त्यसलाई सामना गर्न बृहत बामपन्थी एकता अपरिहार्य भएको उल्लेख गरे। उनले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि चूनावमात्रै एकमात्रै बिकल्प भएकाले त्यसमा आफूहरुको ध्यान केन्द्रित रहेको दाबी गरे।

एकताप्रति असन्तुष्टि जनाएका नेता जनार्दन शर्मा भने आइतबारको बैठकमा अनुपस्थित भएका थिए। माओवादीले नेकपा एकीकृत समाजवादी, महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीकाबीच एकता गर्न लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *