नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

डिसी नेपाल
२० कार्तिक २०८२ ९:२७
20
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बैठकमा पार्टीको १५औँ महाधिवेशन, समसामयिक राजनीति लगायत विषयमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ ।

गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरूले विशेष गरी पार्टीको महाधिवेशनका विषयलाई जोड दिएका छन् ।

हिजो बसेको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू— प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के.सी., अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गंगा शाही र सितादेवी देवकोटाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *