एमाले नेता शाही नेकपामा समाहित
काठमाडौं । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्व अध्यक्ष उब्जनबहादुर शाही नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्।
बिहीबार नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीलगायतले शाहीलार्य स्वागत गरेका हुन्।
त्यस्तै नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार यदुबम्श झा पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन्।
सहसंयोजक नेपालसँग नेता झाले एमाले परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भइसकेको जानकारी गराइसकेको स्रोतले जानाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment