नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
उनलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइदिए। प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले बिहीबारदेखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा गएका छन्।
कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment