पूर्वसचिव अर्जुन कार्की पक्राउ

डिसी नेपाल
३० कार्तिक २०८२ २०:१२
772
Shares

काठमाडौं। दरबारमार्ग जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले पक्राउ गरेको हो।

शेर्पा समूहसम्बद्ध थामशेर्कु ट्रेकिङलाई नेपाल ट्रष्ट स्वामीत्वको दरबारमार्गस्थित जमिन लिजमा दिएको प्रकरणमा यसअघि तत्कालीन सहसचिव  लेखबहादुर कार्की पक्राउ परेका थिए।

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौंको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *