एमाले लयमा फर्कियोः उपमहासचिव ज्ञवाली

डिसी नेपाल
३० कार्तिक २०८२ २२:११
60
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले पार्टी आफ्नो पुरानै लयमा फर्किएको बताएकी छन्।

यहाँ आज पार्टीको बाग्मती प्रदेशका पदाधिकारी, उपत्यका विशेष, जनसङ्गठन, सम्पर्क समन्वय कमिटीसहितको विशेष बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले कात्तिक २२ गतेको वडाभेला, कात्तिक २५ गतेको स्थानीय तहस्तरीय भेला र कात्तिक २९ गतेको जिल्ला भेलाले पार्र्टीका सङ्गठनात्मक गतिविधि बढेको भन्दै पार्टी लयमा फर्किएको बताए।

उपमहासचिव ज्ञवालीले अन्य राजनीतिक दल अलमल र दिशाविहीन अवस्थामा रहेको बेला एमाले मात्र जनताको बीचमा पुगेर वास्तविक जनभावना सुन्न सफल भएको बताए। उनले जनपरिचालन अभियानमार्फत वडा, पालिका र जिल्लास्तरका जनप्रदर्शन तथा सभामार्फत एमालेको निरन्तर जनसमर्थन मजबुत बन्दै गएको बताए। जनस्तरमा एमालेप्रति देखिएको उत्साहले पार्टी सङ्गठन थप ऊर्जावान् बनेको उनले बताए।

बैठकमा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, बाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराई, सम्पर्क समन्वय कमिटीका इञ्चार्ज लालबाबु पण्डित, उपत्यका विशेष समन्वय कमिटीका इञ्चार्ज सुजिता शाक्य, भक्तपुर इञ्चार्ज महेश बस्नेतलगायतले आगामी मङ्सिर ६ गते हुने जनसभालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिए। एमालेले जनसभाका लागि आगामी मङ्सिर ५ गते स्वयंसेवकको राष्ट्रिय भेला आयोजना गर्दैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *