युवा संघ बागमती प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमको उद्घाटन ओलीले गर्ने
काठमाडाैं। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथ्यता पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन्।
देशभर युवा जागरण अभियान सञ्चालन गर्ने र सोही अभियानमा युथफोर्स गठन गर्ने युवा संघले जनाएको छ। अभियानको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङलाई दिइएको छ।
संघका प्रवक्ता निरोज पौडेलका अनुसार केन्द्रीय कमिटीको निर्णय गरे बमोजिम २७ कात्तिकमा लुम्बिनीमा प्रदेशमा कार्यक्रम सम्मपन्न गरिसकेको छ भने साेमबार बागमतीमा गर्ने छ। त्यस्तै संघको तालिका अनुसार ३ मंसिरमा मधेशमा, ४ मंसिरमा कोशीमा, ८ मंसिरमा गण्डकीमा, ९ मंसिरमा कर्णालीमा र १० मंसिरमा सुदूरपश्चिममा अभियान सञ्चालन हुनेछ।
प्रवक्ता पाैडेलले जनतासँग जोडिएको र तल्लो तहसम्म कमिटी भएकले एमालेमाथि घेराबन्दी भएको जिकीर गरे। अभियान अन्तर्गत टोलटोलमा सुरक्षा समितिहरू बनाउँदै वडा, पालिका र प्रदेशस्तरीय युथफोर्स गठन गरिने युवा संघका नेता पौडेलले बताए।
अभियान अन्तर्गत नै ५ मंसिरमा काठमाडौंमा स्वयंसेवक भेला पनि आयोजना गर्ने निर्णय युवा संघले गरेको छ। संगठनले देशैभरि पार्टीको नीति र नेतृत्वबारे रहेका भ्रमलाई चिर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ सुदृढ र एकताबद्ध गर्न, पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै आम जनताको सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अभियान चलाउन लागिएको प्रबक्ता पौडेल ले जनाएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment