साइक्लोन ‘डिट्वाह’ का कारण श्रीलंकामा १५९ जनाको मृत्यु, सावर्जनिक संकटकाल घोषणा

डिसी नेपाल
१५ मंसिर २०८२ १०:२८
80
Shares

काठमाडौं। पछिल्ला दिनहरूदेखि प्रभाव पारिरहेको साइक्लोन ‘डिट्वाह’का कारण श्रीलंकामा मृत्यु हुनेहरूको संख्या १५९ पुगेको छ भने २०३ जना अझै बेपत्ता रहेको श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ।

देशभरका २५ जिल्लामा करीव ८ लाख ३४ हजार मानिस प्रभावित भएका छन्। गम्भीर रूपमा बिग्रिँदो परिस्थितिले देशभर ठूलो मानवीय क्षति भएपछि श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा डिसानायकेले सार्वजनिक संकटकाल लागू गरेका छन्।

हालैका वर्षहरूमा परेको सबैभन्दा ठूलो मौसमजन्य विपद्मध्ये एक मानिएको यस घटनाले स्थानीय संरचना र जनजीवन दुवैमा व्यापक असर पारेको बताइएको छ।

प्रकोपका बीच उद्धार तथा राहत कार्यलाई सहज बनाउन अधिकारीहरूले ९१९ वटा सुरक्षा आश्रय केन्द्र स्थापना गरेका छन्, जसमा विस्थापितलाई राख्ने व्यवस्था मिलाइँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *