कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

डिसी नेपाल
१८ मंसिर २०८२ ११:४२
28
Shares

अत्तरिया । कैलालीसँग जोडिएका नेपाल-भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ। जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो।

सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्न सक्ने हुँदा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

‘सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर जाँचमा कडाइ गरिएको हो’, उनले भने, ‘शंकास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरूमा जानकारी गरी सहयोग गरी दिनुहुन सबैमा अनुरोध गरिन्छ।’

परिचय नखुलेका अपरिचित व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास नगराउन तथा कुनै कामकाजमा नलगाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोधसमेत गरेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *