प्रतिनिधिसभा निर्वाचन तयारीबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाइन् सर्वपक्षीय बैठक

डिसी नेपाल
१८ मंसिर २०८२ १८:०१
52
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारीबारे छलफल गर्न राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुख र निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएकी छिन्। छलफल भोलि हुने जनाइएको छ।

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई डाकिएको छ।

प्रधानमन्त्री कार्कीले लगातार निर्वाचनको तयारीको सम्बन्धमा दलका नेताहरु, जेनजी अगुवाहरु, सुरक्षा निकायका प्रमुखहरु र निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिरहेकी छिन्।

आयोगपनि त्यहीअनुसारको सक्रियता देखाएको छ। २१ फागुनको निर्वाचनको लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति प्रदान भइसकेको छ।

शुक्रबार बस्ने सर्वपक्षीय बैठकमा सरकारले, दलहरूले, निर्वाचन आयोगले र सुरक्षा निकायले आगामी निर्वाचनका लागि आवश्यक तयारी तथा चुनौतीबारे संयुक्त रूपमा समीक्षा गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *