गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरू
काठमाडौं। जेन-जी आन्दोलनका क्रममा भक्तपुर बालकोटको घरमा आजगनी भएपछि भक्तपुरकै गुन्डुमा भाडाको घरमा बस्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही स्थान नजिकै नयाँ घर बनाउन सुरु गरेका छन्।
‘ओली कुटी’ नाम दिइएको सो भवनको बुधबार ओली पत्नी राधिका शाक्यले शिल्यान्यास गरिन्। एमाले युवा नेता महेश बस्नेतको पहलमा गुन्डुवासीले दिएको एक रोपनी जग्गामा ओली कुटी बनाउन सुरु गरिएको हो।
बस्नेतले ओलीको लागि गुण्डुमा नै कुटी बनाउने घोषणा गरेका थिए।
आज ओली कुटीको निर्माणको काम औपचारिक रुपमा सुरु गरिएको पनि बस्नेतले जानकारी दिए । उनले भने,‘ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। आज राधिका आमाद्वारा शिलान्यास सम्पन्न भयो। अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ ।’
नेता बस्नेतले अब सो भवनको काम तीव्र रुपमा अगाडि बढाइने बताए। नयाँ भवनमा बैठक कक्षहरू र पुस्तकालय हुनेछ। नयाँ भवनमा ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा पनि हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment