नदीमा ट्रक खस्दा चालकको मृत्यु

डिसी नेपाल
१९ मंसिर २०८२ १०:३३
312
Shares

बैतडी । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सतबाँज सिरभाँवर सडकअन्तर्गत भित्री कच्चि सडकमा सुर्नया-४ सन्सेरमाडौंदेखि धनगढी जाँदै गरेको भे.१ख. १६३९ नम्बरको मिनी ट्रक सुर्नया-५ कठेगौणामा बिहीबार राति दुर्घटना भएको हो।

दुर्घटनामा चालक सुर्नया-४ कौलाडी बस्ने अन्दाजी २८ वर्षका नरेश महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूले बताए। ट्रक सडकबाट करिब ५० मिटर तल सुर्नया नदीमा खसेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *