महिला भलिबलः एपीएफ फाइनल प्रदेश

डिसी नेपाल
२० मंसिर २०८२ २१:२८

झापा । झापा जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएसँगै फाइनलमा प्रवेश गरेको छ।

अर्जुनधारामा जारी प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ फाइनल पुगेको हो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यू डायमन्डलाई पराजित गरेको हो।

एपीएफले २५–२२, २५–१६ र २५–१२ को सेटमा न्यू डायमन्डलाई स्तब्ध पारेको थियो। न्यू डायमन्डले तेस्रो सेटमा एपिएफलाई २५–२२ ले हराएको थियो। खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी जमुना सेन्च्युरी भइन्। उनलाई रू नगद पाँच हजार र ट्रफी प्रदान गरिएको छ।

आजको जितसँगै एपीएफले आइतबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता विजेताले दुई लाख, दोस्रोले एक लाख र तेस्रो हुनेले समान ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *