‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा
काठमाडाैं। नेपालमा मानसिक स्वास्थ्य, हिप्नोथेरापी (सम्मोहन विद्या) तथा वैकल्पिक उपचार क्षेत्रमा सक्रिय वेलनेस केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलको मिलनचोकमा सञ्चालनमा आएको छ ।
हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता तथा मनोसामाजिक परामर्शदाताका रूपमा परिचित आयुष चन्द्र रेग्मीद्वारा सञ्चालित उक्त केन्द्रले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न प्राचीन पूर्वीय उपचार पद्धति र आधुनिक वैज्ञानिक विधिको संयोजनमार्फत सेवा प्रदान गर्ने जनाएको छ।
वैकल्पिक उपचार क्षेत्रमा ४ हजारभन्दा बढी सफल केसमा काम गरिसकेको केन्द्रका संस्थापक रेग्मी यस शाखाले लुम्बिनी प्रदेशका सेवाग्राहीका लागि उपचार पहुँच विस्तारमा मद्दत गर्नेमा विश्वस्त छन्।
‘तनाव, आत्मविश्वासको कमी, भावनात्मक असन्तुलन, फोबिया, ट्रमा, सम्बन्धका चुनौती तथा जीवनशैलीसम्बन्धी समस्याहरू समाधानमा राम्रो सफलता प्राप्त गरेका छौँ,’ रेग्मीले भने, ‘यस शाखामार्फत मानसिक स्वास्थ्य सेवालाई अझ पहुँचयोग्य, सुरक्षित र वैज्ञानिक आधारमा उपलब्ध गराउनु हाम्रो उद्देश्य हो।’
उनका अनुसार केन्द्रमा गेन्डम, मन्त्र, सम्मोहन विद्या, तन्त्र विद्या, महाविद्या साधना, भैरव साधनाजस्ता विधाहरू पनि सिकाइने छन्। नयाँ शाखाबाट हिप्नोथेरापी, ऊर्जा-हीलिङ, तन्त्र–आधारित अभ्यास, माइन्ड-बडी वेलनेस तथा समग्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिने केन्द्रले जनाएको छ। यहाँ व्यक्तिगत उपचार सत्र, हिप्नोथेरापी र रिग्रेसन थेरापी, ऊर्जा उपचार र चक्र व्यवस्थापन, सामूहिक प्रशिक्षण तथा माइन्ड ट्रेनिङ क्लास, मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी विशेष कार्यशालाहरू सञ्चालन गरिनेछ।
नेपालमा मानसिक स्वास्थ्यप्रति चेतना बढिरहेको अवस्थामा, बुटवलमा शाखा विस्तारले लुम्बिनी प्रदेश र आसपासका क्षेत्रका बासिन्दालाई वैकल्पिक उपचारको नयाँ विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment