लमहीमा होटल सञ्चालक मृत फेला

डिसी नेपाल
२२ मंसिर २०८२ १०:३१
2.3k
Shares

दाङ । दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत फेला परेका छन् । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेका हुन् ।

खनाल आफू सुत्ने कोठाभित्रै मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए। तीन तलाको होटलको पहिलो तलामा उनीहर सपरिवार बस्दै आएका थिए। उनी आज बिहान कोठाभित्रै मृत फेला परेका हुन्।

घटनास्थलको प्रकृति हेर्दा खनालले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *