पैसा फिर्ता नदिए नाम र फोटो सार्वजनिक गर्ने अन्जु पन्तको चेतावनी

डिसी नेपाल
२४ मंसिर २०८२ १२:०४
3.7k
Shares

काठमाडौं । चर्चित गायिका अन्जु पन्तले आफूसँग सापटी लगेको पैसा फिर्ता नदिने व्यक्तिको नाम सार्वजनिक गर्ने चेतावनी दिएकी छन्। सामाजिक सञ्जालमार्फत उनले यस्तो चेतावनी दिएकी हुन्।

नेपाली साङ्गीतिक क्षेत्रका एक चर्चित व्यक्तिले आफूसँग पैसा लिए पनि फिर्ता नदिएको उनको गुनासो छ। ‘नेपालको संगीतक्षेत्रमा नाम चलेका एक जना महासयले १५ दिनमा दिन्छु भनेर लगेको मेरो पैसा भोलि दिन्छु, पर्सी दिन्छु भन्दै भाका राख्दा राख्दै ५ महिना कटिसक्यो। अझै भाका राख्न छोडेका छैनन्। आज पनि भाका नै राखेका छन्। अव के गरौं?, उनले लेखेकी छन्।

उनले नाम, फोटो र भिडियो सार्वजनिक गरी कानुनी कारबाहीमा जानुपर्ने बाध्यतामा आफू पुगेको उनको भनाइ छ। त्यो अवस्था नआउन के भन्नुहुन्छ तपाईंहरू भन्दै उनले फ्यानसँग सुझावसमेत मागेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *