‘क्यानभास अफ लेटर्स’ कविता संग्रह विमोचन

डिसी नेपाल
२५ मंसिर २०८२ १५:२७
28
Shares

काठमाडौं । महेश बाबु तिमल्सिनाको कविता संग्रह ‘क्यानभास अफ लेटर्स’ पुस्तक विमोचन भएको छ। यात्रा पब्लिसिङ हाउसबाट प्रकाशित पुस्तकलाई किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राका अवसरमा बिहीबार लेखक तिमल्सिना, प्राध्यापक डा.जयराज आचार्य, पत्रकार टिकाराम यात्री, कवि विप्लभ प्रतीकलगायतकाले संयुक्त रुपमा विमोचन गरेका हुन्।

कवितासंग्रहलाइ लेखक तिमल्सिनाका छोरा सम्राटबाबु तिमल्सिनाले अंग्रेजीमा अनुवाद गरेका छन्।

प्राध्यापक डा. आचार्यले ‘अमर कृति मुनामदनलाई एआईले लेख्न सक्छ कि सक्दैन ?’ भन्ने प्रश्न गर्दै पछिल्लो प्रविधि रोबर्ट र आईको प्रसंग निकाल्दै साहित्य सिर्जनाप्रति चिन्ता र चासो व्यक्त गरे।

कवि प्रतीक अधिकांश सन्तानलाई पिता नायक जस्तो लाग्छ भन्दै आफ्नो पितालाई स्मरण गरे। सन्तानले पितालाई गर्नुपर्ने सम्मान, स्नेह विरलैले व्यक्त गर्न पाउने उनले बताए। पत्रकार यात्रीले जनविश्वास गुमाउँदै गएको आजको पत्रकारिता पेशाप्रति चिन्ता व्यक्त गरे।

कार्यक्रममा लेखक तिमल्सिना र उनका छोराले नेपाली र अंग्रजी कविताहरु समेत प्रस्तुत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *