प्रभु बैंकका रेमिटेन्स विभाग प्रमुख शाक्य पक्राउ

डिसी नेपाल
२५ मंसिर २०८२ २०:५५
672
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडका रेमिटेन्स डिपार्टमेन्ट प्रमुख सुगेन भन्ने सुजिन शाक्य पक्राउ परेका छन्।

‘बैंकिङ कसूर तथा सजाय ऐन, २०६४’ अन्तर्गत थप कसूरमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए।

रेमिट कारोबारको क्रममा प्रभु बैंकलाई हानि पुर्‍याई आफ्नो स्वार्थ समूह अन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा पुग्ने गरी प्रिफन्डिङ दिन सकिने कानुनी व्यवस्थाको दुरूपयोग हुँदै प्रिफन्डिङ नाममा नियम विपरीत अर्कै रकम दिइएको र सो बापत नियमअनुसार ब्याजसमेत नलिएको कारण प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानि–नोक्सानी भएको समेत प्रारम्भिक अनुसन्धानले देखाएको ब्युरोले जनाएको छ।

उक्त अतिरिक्त कसूरमा संलग्न रहेको भन्दै बुधबार ललितपुर महानगरपालिका–११, इखांचेबाट ४२ वर्षीय सुजिन शाक्य पक्राउ गरिएको प्रहरीले जनाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *