कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने
काठमाडौं । काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सीमामा रहेको कुण्डेश्वर महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने भएको छ।
काठमाडौंको शङ्खरापुर नगरपालिका– १, २ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिक– १ र १२ को सीमा क्षेत्रमा पर्ने कुण्डेश्वर महादेव मन्दिर ऐतिहासिक, पौराणिक, धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ सतीदेवीको मृगौला पतन भई शिव शक्तिस्वरुपले रहेको पौराणिक मान्यता छ।
यहाँको ठूलो ढुङ्गामा रहेको पानीको कुण्ड कहिल्यै पानी नसुक्ने स्थानीय गणेश धिमालले बताए। यसो हुनुमा कुनै दैवी शक्तिले काम गरेको स्थानीवासी विश्वास गर्छन्।
यस क्षेत्रको धार्मिक महत्वकाबारेमा प्रचारप्रसार गरी पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार सम्पन्न भएको छ। समापन कार्यक्रममा शङ्खरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित र मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले यहाँसम्म कालोपत्र सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।
महायज्ञबाट करिब आठ लाख सङ्कलन भएको जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment