बिटी कान्छाको सिरिज ‘हरामी’ मा आना

डिसी नेपाल
२६ मंसिर २०८२ १३:२०
16
Shares

काठमाडाैं। आफ्नो युट्युब च्यानलमार्फत् नेपाली चलचित्रको रमाइलो समीक्षा गर्दै आएका बिटी कान्छा अर्थात् विश्वास तिमल्सेनाले आफ्नो लेखन तथा निर्देशनमा वेब सिरिज ‘हरामी’ तयार गरेका छन्।

हरि, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित भई ‘हरामी’ नामांकन गरिएको उक्त सिरिजको प्रचारप्रसारका लागि प्रमोसनल गीत समेत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द, सङ्गीत र गायन साइलाको रहेको छ। यसको संगीत निर्माण समिरन राणाले गरेका हुन्।

मन प्रोडक्सनले निर्माण गरेको उक्त सिरिज सिरिजमा निकुन श्रेष्ठ, ऋषिकेष बस्याल र सशाङ्क बोहरा मुख्य भूमिकामा छन्। तीन साथीको वरिपरि केन्द्रित रहेको सिरिजमा आना शर्मा, घनुभाइ जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारी आदिको भूमिका रहेको छ। उक्त सिरिजको एक एपिसोडमा निर्देशक निश्चल बस्नेत समेत देखिने बताईएको छ ।

पछिल्लो समय ‘कमेडी दरबार’ मा विभिन्न भूमिकामा देखिने बिटी कान्छाले सिरिजमा पनि विभिन्न विषयलाई प्रस्तुत गर्ने जमर्को गरेका छन्। ‘हामीले प्रसारित पहिलो भागबाट राम्रो समीक्षा पाएका छौँ । कुल पाँच भागको एपिसोड रहने सिरिजमा फरक फरक थिममा रहेर एपिसोड तयार गरेका छौँ’, बिटी कान्छाले भने।

सिरिजको प्रसारण भइसकेको पहिलो भागमा उनले साथीहरुको दबाबले लिने निर्णयलाई हास्य रसमा प्रस्तुत गरेका छन्। प्रोडक्सन क्वालिटी र प्रस्तुतिका कारणले सिरिजको पहिलो भागले राम्रै दर्शकसँगै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । कुल पाँच भागको उक्त सिरिज बिटी कान्छाकै युट्युब च्यानलमार्फत सार्वजनिक भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *