प्रहरी वृत्त बौद्धको पुनर्निर्माण सम्पन्न

डिसी नेपाल
२९ मंसिर २०८२ ७:२२
40
Shares

काठमाडौं। भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी भएर जलेको प्रहरी वृत्त बौद्धको भवन स्थानीयवासी एवं विभिन्न संघसंस्थाको सहयोगमा पुनः निर्माण सम्पन्न गरी आइतबारदेखि प्रयोगमा ल्याइएको छ।

पुनः निर्मित भवनको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, काठमाडौँ महानगरपालिका-६ का अध्यक्ष भुवन लामा, पुनः निर्माण समितिका अध्यक्ष जयमङ्गल लामालगायतले जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयसहित सार्वजनिक निकायमा आगलागीलगायतका कुकर्म गर्नेलाई सिसिटिभी फुटेज हेरेर कानुनी कारबाही गरिनुपर्नेमा जोड दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *