फरार ३४२ प्रतिवादी पक्राउ

डिसी नेपाल
२९ मंसिर २०८२ १८:५३
32
Shares

सुदूरपश्चिम कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ

जिल्ला अदालतले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ गरिएका हुन् अदालतले गरेको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले यो ‘सर्च तथा स्विप अपरेशन’ सञ्चालन गरिरहेको छ

जिल्ला प्रहरीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले विभिन्न ठाउँबाट पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतसमक्ष पेस गरिएको जानकारी दि यो मङ्सिर महिनाभित्र ३४२ फरार प्रतिवादी पक्राउ गर्न सफल भएका छौँ, उले भने, पक्राउ पर्नेमा फैसला भएर कैद तथा जरिवाना तिर्न बाँकी अदालतमा उपस्थित नहुने प्रतिवादी छन्

फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका मालाखेती, भजनी, टीकापुर, सडकपुर, लम्की, सुखड र चिसापानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो पक्राउ पर्नेमा लागुऔषध, बहुविवाह, बैंकिङ कसुरजस्ता मुद्दाका प्रतिवादी छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *