पत्रकार खत्री रास्वपामा प्रवेश
काठमाडौं । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
बुधबार पार्टी कार्यालय बनस्थलीमा रास्वपाका नेताहरूले पत्रकार खत्रीलाई पार्टीको व्याच प्रदान गरेर पार्टी प्रवेश गराएका हुन्।
रास्वपा प्रवेश गरेपनि खत्रीले पार्टीले दिने जुनसुकै भूमिका निर्वाह गर्न आफु तयार भएको बताए। उनले आगामी निर्वाचनका उठ्ने विषयमा पार्टीको निर्णय स्वीकार गर्ने उल्लेख गरे। त्यस्तै खत्रीले राम्रा सोच भएका राजनीतिक दलहरु एकै ठाँउमा आउनुपर्ने बताए।
सक्रिय पत्रकारिता गरिरहनुभएका खत्री पत्रकारिता क्षेत्रलाई छाडेर राजनीतिमा होमिएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment