चिसोले महोत्तरीका विद्यालय बन्द

डिसी नेपाल
१३ पुष २०८२ १३:१३
532
Shares

जलेश्वर (महोत्तरी)। अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोष्णा गरेका छन्। निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन्।

स्थानीय तहले बर्खे बिदाबाट कटौती हुनेगरी हाललाई दुईदेखि तीन दिन बिदाको घोषणा गरेका छन्। स्थानीय तहले विज्ञप्ति जारी गर्दै विद्यालयमा अध्ययनरत बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेको जनाउँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द गराएका छन्।

तराई–मधेसमा विगत केही दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेको छ। अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *