बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
खजुरा। बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ। चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।
स्थानीय घरबाहिर निस्कन सकेका छैनन्। बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन्। साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन्।
कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउँछन्।
चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी संकेत रिसालले बताए। हिजोआज अस्पतालमा १०० बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेका जानकारी उनले दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment